काठमाडौं- सामसङले नयाँ पुस्ताका फोल्ड गर्न मिल्ने स्मार्टफोन र स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८, ग्यालेक्सी वाच अल्ट्रा २ र ग्यालेक्सी वाच ९ सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


नयाँ उपकरणको बिक्री अगस्ट २६ गतेदेखि देशभर सुरु हुने कम्पनीले जनाएको छ । नयाँ फोल्डेबल सिरिजलाई उत्पादकत्व, मनोरञ्जन, सिर्जनशीलता र व्यक्तिगत शैलीलाई ध्यानमा राखेर तयार गरिएको सामसङको भनाइ छ ।


ADVERTISEMENT

# # #


ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा मा ८ इन्चको मुख्य स्क्रिन, सुधारिएको क्यामेरा प्रणाली र उच्च कार्यक्षमता रहेको छ । ठूलो स्क्रिनले एकैपटक धेरै काम गर्न तथा सिर्जनात्मक गतिविधि गर्न सहज बनाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्यालेक्सी जेड फोल्ड ८ मा फराकिलो कभर स्क्रिन र ४ः३ अनुपातको मुख्य स्क्रिन दिइएको छ । यसले इन्टरनेट चलाउन, सामग्री हेर्न, पढ्न तथा खेल खेल्न सहज अनुभव दिने कम्पनीको दाबी छ ।

ग्यालेक्सी जेड फ्लिप ८ मा ५० मेगापिक्सेल क्यामेरा, सुधारिएको तस्वीर प्रशोधन प्रणाली तथा फ्लेक्सक्याम सुविधा रहेको छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै पातलो फ्लिप फोन हो ।

नयाँ फोनसँगै ग्यालेक्सी वाच अल्ट्रा २ र ग्यालेक्सी वाच ९ पनि सार्वजनिक भएका छन् । दुवै स्मार्टवाचमा स्वास्थ्यसम्बन्धी तथ्यांकको निरन्तर निगरानी, सुधारिएको कार्यक्षमता र ब्याट्री क्षमतामा सुधार गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकलाई नयाँ फोन खरिदमा सहज बनाउन सामसङले २४ महिनासम्मको किस्ताबन्दी सुविधा समेत ल्याएको छ । किस्ता सुविधा मासिक ५ हजार २९१ रुपैयाँदेखि सुरु हुनेछ । यसका लागि ग्राहकले नागरिकता मात्र देखाउनुपर्नेछ ।

ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्राको मूल्य ३ लाख ३९ हजार ९९९ रुपैयाँदेखि, फोल्ड ८ अल्ट्राको २ लाख ९९ हजार ९९९ रुपैयाँदेखि, ग्यालेक्सी जेड फोल्ड ८को २ लाख ७४ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फ्लिप ८को १ लाख ९४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ग्यालेक्सी वाच अल्ट्रा २को मूल्य १ लाख २३ हजार ४९९ रुपैयाँ तथा ग्यालेक्सी वाच ९को ४० एमएम मोडलको ६६ हजार ४९९ र ४४ एमएम मोडलको ७१ हजार ४९९ रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार अग्रिम बुकिङमा फोल्ड ८ अल्ट्रामा बैजनी छायाँ, फोल्ड ८ मा हल्का बैजनी र फ्लिप ८ मा गुलाबी रंग ग्राहकको रोजाइमा अगाडि देखिएका छन् ।