काठमाडौं- हालैको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि मेटलाइफ नेपालले ३० लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गरेको हो। रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएका छन्।


ADVERTISEMENT

# # #


प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्य जारी रहेका बेला मेटलाइफले सरकारी कोषमार्फत सहयोग गरेको जनाएको छ। मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन समयमा आफूले सेवा प्रदान गर्ने समुदायलाई सहयोग गर्नु संस्थाको जिम्मेवारी भएको बताएको छ।

उनले कोषमार्फत गरिएको सहयोगले प्रभावित व्यक्ति तथा परिवारको राहत र पुनःस्थापनाका प्रयासमा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मेटलाइफ नेपालले बाढी प्रभावितको उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा मानवीय सहायता प्रदान गर्ने संस्थाहरूको प्रयासप्रति समेत ऐक्यबद्धता जनाएको छ।