काठमाडौं- खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।


ADVERTISEMENT


नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ८:५२ बजे सर्किट–१ को तार चुडिएर ट्रिप भएको थियो। त्यसपछि ९:१८ बजे सर्किट–२ समेत ट्रिप भएपछि प्रसारण सम्पर्क विच्छेद भएको हो।


ADVERTISEMENT

# # #


दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति प्रभावित भएको थियो। प्राधिकरणले तत्काल वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सुचारु गर्न पहल गरेको जनाएको छ।

भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै वैकल्पिक आपूर्ति सञ्चालन गरिएको थियो। त्यसपछि बिहान ९:४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनः सुरु गरिएको प्राधिकरणले जनाएको छ।

प्रसारण लाइनमा आएको समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको छ। मुख्य प्रसारण लाइनको समस्या पहिचान तथा मर्मतको काम जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।