काठमाडौं- नेपालमा बाढी तथा पहिरोबाट उत्पन्न विपद्को अवस्थालाई लिएर भारतले थप राहत सहयोग गर्ने भएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यबारे आज पनि उच्चस्तरीय छलफल गरेका छन्।


ADVERTISEMENT


छलफलका क्रममा नेपालमा तत्काल आवश्यक पर्ने राहत सामग्रीबारे जानकारी लिइएको र थप सामग्री पठाउने तयारी भइरहेको बताइएको छ। भारतको विदेश मन्त्रालयका सम्बन्धित विभागले राहत सामग्री व्यवस्थापन तथा नेपाल पठाउने प्रक्रियाबारे जानकारी गराएका छन्।


ADVERTISEMENT

# # #


विदेशमन्त्री जयशंकरले नेपालमा भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको बताउँदै राहत तथा उद्धार प्रयासलाई उच्च प्राथमिकता दिएको उल्लेख गरेका छन्।

नेपालमा विपद्पछि भारतले यसअघि नै राहत सामग्री उपलब्ध गराइसकेको छ। थप राहत पठाउने तयारीले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।