काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बिपद्को समयमा सरकारलाई पूर्ण रुपमा साथ दिएर अघि बढ्ने बताएका छन्।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय सानेपामा भोटेकोशी बाढी पछि उत्पन्न विपत व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा आयोजित बैठकमा सभापति थापाले विपद्को घडीमा सरकारसँग काँधमा काँध मिलाएर पूर्ण रूपमा साथ दिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रमुख प्रतिपक्ष दलको नाताले सरकारका कमिकमजोरीलाई सुधार गर्न औंल्याइदिने जिम्मेवारी पूरा गर्ने धारणा राखेका छन् । हाल तीन तहका सरकारबीच देखिएको समन्वयको खाडल हटाउन स्पष्ट कार्यविभाजन हुनुपर्ने भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकारलाई एउटै टिमको रूपमा लिएर अघि बढ्नुपर्ने धारणा राखे । सभापति थापाले कुनै पनि भ्रामक वा मिथ्या सूचना फैलाउने काममा नलाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

बैठकले आफ्ना सम्पूर्ण कार्यकर्ता तथा पार्टीका निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको छ भने उद्धार र शव व्यवस्थापनमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

प्रभावित तथा पीडितहरूका लागि खाना, लत्ताकपडा÷बन्दोबस्ती, र स्वास्थ्य उपचारको तत्काल उचित व्यवस्था हुनुपर्ने, विपद् प्रभावित क्षेत्रका बालबालिकाहरूको शिक्षासँग जोडिएका समस्याहरूलाई विशेष ध्यान दिनुपर्ने उनले बताएका छन् ।