काठमाडौं – मेचीनगर–४ स्थित सिंगापुर बेभरेजेज नेपाल प्रालिले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा आवश्यक सहयोगमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विपद्को यस कठिन परिस्थितिमा राष्ट्र र नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कम्पनी तथा कर्मचारीहरूको सामूहिक सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरिएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले विपद्मा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उद्धार तथा राहत अभियानमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।