काठमाडौं – भारतबाट आएको फरेन्सिक विशेषज्ञ टोलीले नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नेपाली विशेषज्ञसँग भेट गरी रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको डीएनए नमुना विश्लेषणमा सहकार्य थालेको छ।
बाढीमा ज्यान गुमाएकाको पहिचान तथा नमुना परीक्षणलाई प्रभावकारी बनाउन भारतीय टोलीले नेपाली विज्ञसँग समन्वय गरिरहेको छ। भारतले नेपालमा जारी राहत तथा उद्धार प्रयासमा आफ्नो सहयोग निरन्तर राखेको जनाएको छ।































































