काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोगमध्ये संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख र बैंकका कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ रहेको छ।


ADVERTISEMENT

# # #


बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।