काठमाडौं – गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ ।
उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष श्रीमति प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गर्दछ ।































































