काठमाडौं – रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गोरखा ब्रुअरीले १० करोड रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


गोरखा ब्रुअरीका म्यानेजिङ डाईरेक्टर अरूण अधिकारी, सेल्स डाईरेक्टर काजिमान सुब्बा, फाईनान्स डाईरेक्टर अमर बैधले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई अर्थमन्त्रालयमा सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


देशको संकटमा मल्हम लागोस भन्ने भावनाका समथ गोरखा ब्रुअरीले मानवीय सहायता, राहत तथा उद्धारका लागि सो रकम राज्य मार्फत उपलब्ध गराएको सेल्स डाईरेक्टर काजिमान सुब्बाले हिमालय पोष्टलाई बताएका छन् ।

देशको सर्बप्रिय कम्पनीका रूपमा आफ्ना सेवाहरूसंगै गोरखा ब्रुअरीले देश र जनतामा पर्ने हरेक संकट र समस्याहरूमा प्रत्यक्ष रूपमा निरन्तर साथ सहयोग गर्दै आईरहेको छ ।