काठमाडौं – भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा तान्त्रिक विधिविधानमा आधारित नीलबाराही नाच सुरु भएको छ ।


ADVERTISEMENT


नीलबाराही नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातीबाट सुरु भइ चारदिन सम्म नचाइने परम्परा रहेको छ । यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठुलो जात्राका रूपमा लिने गरिन्छ । नाचमा १९ जना देवदेवीको स्वरुपलाई सहभागी गराईन्छ । जसमा बाराही चारजना, कुमारी चारजना, सिंह चारजना, गणेण चारजना हुन्छ भने द्वारपाल दुईजना र भैरव एकजना हुन्छ ।


ADVERTISEMENT

# # #


नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गर्नु भएको भन्ने वंशावलीमा उल्लेख छ भने स्थानिय चर्चामा स्वय् नीलबाराही देवीले नै नाच सिकाएको पोङ्गा वादक भरत धोंले वताए ।

यो नाच मध्यपुर थिमि नगरपालिकाको वडा नं ८ र ९ बोडेमा नचाइन्छ । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ ।

नाच अवधिभर नाचको क्रममा बालिने सुकुन्दा निभ्न दिनुहुँदैन भन्ने मान्यता रहेको छ । निभेमा देवता बन्ने पात्रलाई स्वास्थ्यमा हानी हुने बिश्वास गरिन्छ । नीलबाराही देवता बनेर नाचमा सहभागी जनाउने व्यक्ति र उनको घरपरिवारका सदस्यले समेत नाच नसकिएसम्म निराहार बस्नुपर्ने लगायतका कडा रुपमा नियमको पालना गर्नुपर्दछ । नाच अवधिभर देवदेवीका एकजना सहयोगी समेत रहनुपर्ने परम्परा रहेको छ । सहयोगीले देवता हुनेले भनेको सबै काम गरिदिनुका साथै मुकुट राख्न लाने, ल्याउने, देवतालाई बोक्नेसम्ममा सहयोग गर्नुपर्ने हुन्छ । तीन रात चार दिन नचाएर पञ्चमीका दिन नाच सम्पन्न गरिन्छ ।