काठमाडौं – प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार बालिरङ्ग सेवामा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन् । त्यसैगरी अन्तरंग सेवामा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी हस्पीटलका तर्फबाट प्रमुख –कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका तर्फबाट कन्टी« हेड – भारत सुनिल मिश्रा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो । यो सम्झौता १५ अगस्ट २०२६ देखि प्रारम्भ भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ ।































































