काठमाडौं – चीनको चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले नेपालका बाढीपहिरो प्रभावितका लागि पठाएको पहिलो चरणको राहत सामग्री काठमाडौं आइपुगेको छ ।


ADVERTISEMENT


चाइना साउदर्न एयरलाइन्सको सहयोगमा सेप्टेम्बर ३ मा काठमाडौं आइपुगेको राहत सामग्रीमा १७५ वटा टेन्ट, १ हजार थान कम्बल, १ हजार थान कपासका कोट, १ हजार वटा आपत्कालीन मानवीय राहत बाकस तथा ६ हजार वटा मेडिकल बडी ब्याग रहेका छन् ।


ADVERTISEMENT

# # #


चिनियाँ उद्यमी तथा सर्वसाधारणको सहयोगमा संकलन गरिएको उक्त राहत सामग्रीको कुल तौल २७ टन रहेको छ भने यसको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको फाउन्डेसनले जनाएको छ । राहत सामग्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार रसुवाको बाढी प्रभावित क्षेत्रमा पठाइनेछ ।

राहत सामग्रीले प्रभावित नागरिकका लागि खाद्यान्न, कपडा, आवास तथा आवतजावतलगायत आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय उद्धार तथा आपत्कालीन प्रतिक्रिया टोलीलाई विपद्मा ज्यान गुमाएकाहरूको शव सुरक्षित, व्यवस्थित र सम्मानजनक रूपमा व्यवस्थापन गर्नसमेत सहयोग पुग्ने जनाइएको छ ।