ललितपुर – प्रहरीले ललितपुरबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरीको सूचनाका आधारमा ललितपुर प्रहरीले ललितपुरको भोलढोकामा स्कुटरको अगाडि प्लास्टिकको झोलामा राखेर ल्याइँदै गर्दा १७ हजार पिस ट्रामाडोलसहित २ जना पक्राउ गरेको हो । पक्राउ परेकाहरूको बयानका आधारमा ललितपुर–७, दुपार्टस्थित एक कोठामा खानतलासी गर्दा थप ८८ हजार १३० पिस ट्रामाडोल र कारोबारमा संलग्न १ जना महिला पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले दुई स्थानबाट गरी जम्मा १ लाख ५ हजार ५३० पिस प्रतिबन्धित लागुऔषध ट्रामाडोल बरामद भएको बताए । पक्राउ परेका व्यक्तिको रेकर्ड जाँच गर्दा यसअघि पनि यस्तै लागुऔषध मुद्दामा संलग्न रहेको पाइएको उनले बताए ।

ललितपुरमा ठूलो परिमाणमा बरामद भएको यो दोस्रो पटक भएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय, ललितपुरमा राखेर मुख्य सञ्जाल पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताइएको छ ।