काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ ।
































































