काठमाडौं- सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार शाह उद्योगमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।


ADVERTISEMENT


यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


शाहले नयाँ जिम्मेवारीसँगै उद्योग क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने चुनौती पाएका छन् ।

शाहको नियुक्तिसँगै उद्योग मन्त्रालयले नयाँ नेतृत्व पाएको छ ।