काठमाडौं – माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ । बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९३ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।