काठमाडौं – एन आई सी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा आज मिति २०८३ साल भाद्र २६ गते शुक्रबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ ।


ADVERTISEMENT


सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८२÷०८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त सभामा संचालक समितिको अध्यक्ष रुपेश लुईटेलले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा.२८ करोड ९८ लाख भन्दा बढी आम्दानी गरी १० करोड ५१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी गराए । त्यसै गरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८३ सम्म ८ लाख ६३ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र दुई वटा खुलामुखी योजना गरी जम्म ६ वटा योजना मार्फत रु.७ अर्ब भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको, लगानी व्यवस्थापन सेवा अन्तर्गत ७१० जना ग्राहकहरुबाट .३ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, शेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा सेवा अन्तर्गत २५ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराए ।

साथै क्यापिटलले दशौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयरधनीलाई हालसम्म ३४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको व्यहोरा जानकारी गराए ।