काठमाडौं – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको गौशाला प्रहरी चौकी पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आज आयोजित कार्यक्रमबीच पुनर्निर्मित प्रहरी चौकीको उद्घाटन गरेका हुन्।
आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण भएसँगै प्रहरीलाई नियमित सेवा प्रवाह तथा कार्यसम्पादनमा थप सहजता हुने प्रहरी महानिरीक्षक कार्कीले बताए।
उनले पुनर्निर्माणसँगै नागरिकलाई प्रभावकारी सुरक्षा सेवा उपलब्ध गराउन प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गरे।
































































