काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताए ।


ADVERTISEMENT


आइतबार जेनजी आन्दोलनका क्रममा पुर्ण रुपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृत गौशालाको भवन उद्घाटन गर्दै महानिरक्षक कार्कीले नागरिकमा सुरक्षाको प्रत्याभूती नभएसम्म कुृनैपनि क्षेत्रमा प्रगती संभव नहुने बताएका हुन् । उनले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित यस भवनले नेपाल प्रहरीको दृढता, पुरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभावलाइ झल्काएको उल्लेख गरे । भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूको सोच, आचरण र सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्ने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


महानिरीक्षक कार्कीले क्षतिग्रस्त ४ सय ५९ वटा संरचनामध्ये हालसम्म ४ सय ५२ वटा भवनहरूको पुनर्निर्माण तथा प्रबलीकरण भइसकेको जानकारी दिँदै नागरिक र स्थानीय तहको अपनत्वकै कारण यो सम्भव भएको बताए ।

त्यस्तै महानिरीक्षक कार्कीले समाजमा तोडफोड र आगजनी गर्ने नकारात्मक प्रवृत्तिलाई रोक्नुका साथै त्यस्ता हातहरूलाई सिर्जनशीलता र समाज निर्माणको दिशामा डोर्‍याउनु सुरक्षा संयन्त्रको दायित्व रहेको बताए । भौतिक संरचना भत्काएर पुनः निर्माणमा स्रोत खर्चिनुपर्ने अवस्था आउन नदिन सबैमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने चेतना जाग्नुपर्ने उल्लेख गरे । महानिरीक्षक कार्कीले नयाँ प्रविधि, आधुनिक उपकरण र नागरिक विश्वासका साथ कार्यसम्पादन गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए ।