काठमाडौं – नेपाल विद्यार्थी संघ दार्चुला–काठमाडौं सम्पर्क समितिको नेतृत्व केही समयका लागि सन्तोष खडायतले सम्हाल्ने भएका छन्।


ADVERTISEMENT


समितिका अध्यक्ष अविरल महता शैक्षिक यात्राका लागि केही समय देशबाहिर रहने भएपछि उनले आफ्नो अनुपस्थितिमा समितिको नेतृत्व सम्हाल्ने जिम्मेवारी सचिव सन्तोष खडायतलाई दिएका हुन्।


ADVERTISEMENT

# # #


अध्यक्ष महताले जारी गरेको पत्रमार्फत खडायतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जानकारी गराइएको छ। महताको अनुपस्थितिमा समितिका नियमित सांगठनिक, प्रशासनिक तथा समन्वयसम्बन्धी कामलाई निरन्तरता दिन खडायतलाई जिम्मेवारी दिइएको हो।

पत्रमा समितिको विधान, निर्णय तथा संगठनको मूल्यमान्यताअनुसार आवश्यक समन्वय गर्दै बैठक तथा नियमित सांगठनिक गतिविधि सञ्चालन गर्न कार्यवाहक अध्यक्ष खडायतलाई आग्रह गरिएको छ।

अध्यक्ष महताले आफ्नो अनुपस्थितिका कारण समितिको गतिविधिमा असर नपरोस् र संगठनको काम प्रभावकारी रूपमा अघि बढिरहोस् भन्ने उद्देश्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताएका छन्।

साथै, कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने क्रममा समितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सम्बन्धित पक्षबाट आवश्यक सहयोग र समन्वय प्राप्त हुने विश्वाससमेत महताले व्यक्त गरेका छन्।