काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले नेपाल र चीनवीचको संम्वन्ध कार्यनितिक मात्र नभएर दुरगामी महत्वको रणनितिक सम्वन्ध भएको बताएका छन्।


ADVERTISEMENT


काठमाडौंमा आयोजित ‘काष्ठमण्डप संवाद’ को तेस्रो शृङ्खलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुइ देशवीचको सम्वन्धलाइ रणनितिक संम्वन्धको स्तरमा उठाइसकेको उल्लेख गर्दे यस संवन्धलाइ बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । छिमेकी देश शक्तिशाली भएपनि नेपालले उठाउनुपर्ने लाभ नउठाएको भन्दै यसलाइ उन्न्त बनाउदै लानुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT

# # #


नेता खनालले नेपाल ५ हजार वर्ष लामो इतिहास, संस्कृति र सभ्यता बोकेको मुलुक भएकाले आफ्ना ऐतिहासिक विशेषतासँग आजको परिवर्तनलाई जोड्नुपर्ने बताएका छन् ।

उनले छिमेकी मुलुक चीनको द्रुत विकास, पार्टी निर्माण र सुशासनबाट धेरै कुरा सिक्न सकिने भए पनि चीनले समेत अरूको मोडल नपछ्याई आफ्नै मौलिकतामा अघि बढ्न सिकाएको उल्लेख गरेका छन् । दुई देशबीचको व्यावहारिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी र दिगो विकासका चुनौतीहरूलाई सम्बोधन गर्न यस्ता संवाद फलदायी हुने उनको भनाइ छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले हालै भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै जलवायु उत्थानशीलता तथा सीमापार विपद् जोखिम न्यूनीकरणलाई दुई देशबीचको दीर्घकालीन सहकार्यको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले जनता–जनताबीचको सांस्कृतिक सम्बन्ध र नयाँ पुस्ताका युवाहरूबीचको सहकार्यले मात्र द्विपक्षीय सम्बन्धलाई भविष्यमा अझ प्रगाढ बनाउन सक्ने धारणा राखेका छन्। दुई दिनसम्म चलेको संवादमा नेपाल र चीनका विज्ञ, प्राध्यापक, कूटनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।