ललितपुर – जापानमा आयोजना हुने एआइची–नागोया २०२६ एसियन गेम्समा सहभागी हुने नेपाली उसु खेलाडीहरूलाई बिदाइ गरिएको छ।


ADVERTISEMENT


ललितपुर उसु संघको आयोजनामा भएको बिदाइ कार्यक्रममा बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले खेलाडीहरूलाई ट्र्याकसुट वितरण तथा खादा लगाएर बिदाइ गरेका छन्।


ADVERTISEMENT

# # #


कार्यक्रममा पूर्वमन्त्री महर्जनले एसियन गेम्समा सहभागी नेपाली खेलाडीहरूले नेपालको गौरव, प्रतिष्ठा र राष्ट्रिय झण्डाको शान उच्च राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गर्ने प्रदर्शनले नेपालको खेल क्षेत्रको पहिचान र प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउने भन्दै आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिन खेलाडीहरूलाई आग्रह गरेका छन्। कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष सागर चित्रकारले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

बिदाइ कार्यक्रममा सोतोकान करातेका अध्यक्ष तथा प्रमुख प्रशिक्षक निवास गोपाल वैद्य, करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा ललितपुर कराते महासंघका अध्यक्ष दयाराम महर्जन, उसुका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक रामगोपाल महर्जन, उसु उपमहासचिव राजीव महर्जनलगायतको उपस्थिति थियो। कार्यक्रमको सभापतित्व ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा किकबक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनले गरेका थिए। एआइची–नागोया २०२६ एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ।