हेटौंडा – हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो । ८ जना सवार उक्त गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनापछि प्रहरीले अन्य चार जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य घाइतेलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।