काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो।
त्यस्तै, बैंकका अग्राधिकार शेयरधनीका लागि अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गरेको छ।
यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायत साधारणसभामा प्रस्तुत अन्य प्रस्तावहरूलाई समेत शेयरधनीले अनुमोदन गरेका छन्।
साधारणसभाको निर्णयसँगै बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएको नगद लाभांश वितरण गर्ने बाटो खुलेको छ।































































