काठमाडौं – ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प’ सुरु भएको छ।
सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जनसम्बन्धी विभिन्न उत्पादन बिक्री गर्दै आएको नियो स्टोरले ग्राहकलाई निरन्तर सेवा दिने उद्देश्यसहित ‘नेभर स्टप केयरिङ’ अवधारणाअन्तर्गत यो क्याम्प आयोजना गरेको जनाएको छ।
क्याम्पमा ल्यापटपको सफाइ, सर्भिस, प्राविधिक परामर्श, अपग्रेड तथा एक्सचेन्ज लगायतका सुविधा उपलब्ध हुनेछन्। कम्पनीका अनुसार काठमाडौं र पोखरामा रहेका नियो स्टोरका विभिन्न शाखामा क्याम्प सञ्चालन भइरहेको छ।
यसअघि पनि आयोजना गरिएको यस्तै कार्यक्रममा ५ हजारभन्दा बढी ग्राहक सहभागी भएको कम्पनीले जनाएको छ। ग्राहकको उल्लेख्य सहभागितालाई ध्यानमा राख्दै पुनः क्याम्प सञ्चालन गरिएको हो।
क्याम्पमा नयाँ तथा पुराना दुवै ल्यापटप प्रयोगकर्ताले सेवा लिन सक्नेछन्। आधिकारिक रूपमा खरिद गरिएका वा ग्रे मार्केटबाट खरिद गरिएका जुनसुकै ल्यापटपमा समेत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
लामो समय प्रयोग गर्दा ल्यापटपभित्र धुलो तथा फोहोर जम्मा भएर कार्यक्षमतामा असर पर्न सक्ने भएकाले क्याम्पमा डीप क्लिनिङ सेवा उपलब्ध गराइएको छ। साथै, ल्यापटपको सामान्य जाँच तथा देखिएका समस्याबारे निःशुल्क प्राविधिक परामर्श लिन सकिनेछ।
ल्यापटप ढिलो चल्ने, धेरै तात्ने वा काम गर्ने क्रममा समस्या देखिने प्रयोगकर्ताले समेत प्राविधिक टोलीबाट आवश्यक परामर्श लिन सक्नेछन्। प्राविधिक टोलीले ल्यापटपको अवस्था मूल्यांकन गरी सम्भावित समस्या तथा आवश्यक अपग्रेडबारे सुझाव दिने कम्पनीले जनाएको छ।
पुरानो ल्यापटपको क्षमता बढाउन चाहने ग्राहकका लागि र्याम, एसएसडी तथा ल्यापटपसँग मिल्ने अन्य हार्डवेयर अपग्रेडका विकल्पसमेत उपलब्ध हुनेछन्। नयाँ ल्यापटप खरिद तथा अपग्रेडका लागि सुपथ मूल्यमा सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ।
क्याम्पमा पुरानो ल्यापटपलाई नयाँ ल्यापटपसँग साट्न सकिने एक्सचेन्ज सुविधा समेत रहेको छ। एक्सचेन्जका क्रममा ल्यापटपको ब्रान्ड, मोडल, भौतिक तथा प्राविधिक अवस्था, हार्डवेयर र बजार मूल्यलगायतका आधारमा मूल्यांकन गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, ग्राहकले किस्ताबन्दीमा समेत ल्यापटप खरिद गर्न सक्नेछन्। कम्पनीले एप्पल म्याकबुकका लागि भने किस्ताबन्दी तथा एक्सचेन्जसम्बन्धी छुट्टै सर्त लागू हुने जनाएको छ।































































