काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको ९औँ नेपाल ल्याण्ड, हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो २०२६ मा सहभागिता जनाएको छ।
नेपाल ल्याण्ड एण्ड हाउजिङ डेभलपर्स फेडेरेसन र नेपाल ल्याण्ड एण्ड हाउजिङ डेभलपर्स एसोसिएसनको संयुक्त आयोजनामा भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श तथा सहजीकरण उपलब्ध गराइरहेको जनाएको छ।
ग्राहकको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले एक्स्पोमा सहभागी भएको बैंकले जनाएको छ।
बैंकका अनुसार हाल विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा घर तथा जग्गा खरिद र घर निर्माण कर्जा उपलब्ध गराउँदै आएको छ। एक्स्पो अवधिमा समेत आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनुका साथै प्रशासनिक शुल्कमा विशेष छुट प्रदान गरिनेछ।
भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको जनाएको छ। आवास तथा जग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिन इच्छुक ग्राहकले भृकुटीमण्डपस्थित स्टल नम्बर ए–२१ मा पुगेर आवश्यक जानकारी तथा परामर्श लिन सक्नेछन्।
एक्स्पोमा रहेका बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे जानकारी प्रदान गरिरहेका छन्।
यसैबीच, महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा डिजिटल हब विथ कफी लाउन्ज समेत सञ्चालनमा ल्याएको जनाएको छ।































































