काठमाडौं- विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभर एकै दिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।


ADVERTISEMENT


विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई १५० वटा टाटा गाडी डेलिभरी गरेको जनाएको छ।


ADVERTISEMENT

# # #


विश्वकर्मा पूजाको दिन डेलिभरी गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडल नयाँ टियागो ईभी, नयाँ पञ्च ईभी, नेक्सन ईभी र कर्भ ईभी लगायतका विद्युतीय सवारीसाधन रहेका छन्। साथै विभिन्न आईसीई प्रविधियुक्त मोडलसमेत ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार तीमध्ये अधिकांश गाडी यस वर्ष आयोजना भएको नाडा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शो का क्रममा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका गाडी हुन्। एक्स्पो तथा अटो शोमा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि बुकिङ प्रक्रिया पूरा भएका गाडी विश्वकर्मा पूजाको अवसरमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढिरहेका बेला टाटाका नयाँ पुस्ताका ईभी मोडलको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको कम्पनीको भनाइ छ। विशेषगरी नयाँ टियागो ईभी, नयाँ पञ्च ईभी, नेक्सन ईभी र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ।

विश्वकर्मा पूजाको शुभ अवसरमा एकै दिन ठूलो संख्यामा टाटा गाडी डेलिभरी हुनु नेपाली बजारमा टाटा मोटर्सप्रति ग्राहकको निरन्तर विश्वास र रुचिको संकेतका रूपमा लिइएको कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै आधुनिक प्रविधि, सुरक्षा, सुविधा तथा विभिन्न आवश्यकताअनुसारका टाटा मोटर्सका सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ।

विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको नयाँ गाडी घर भित्र्याउने परम्पराले समेत डेलिभरी कार्यक्रमलाई थप विशेष बनाएको कम्पनीले जनाएको छ।