काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जनजीविकाको आधारभूत समस्या समाधानसँगै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न युवा पुस्ताका सांसदहरूलाई आग्रह गरेका छन्।
शुक्रबार सिंहदरबारमा जनजीविका उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री शाहले आधारभूत समस्या समाधानमा केन्द्रित हुँदै त्यसबाट अझ अघि बढेर आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्नुपर्नेमा जोड दिएको रास्वपा सांसद केपी खनालले जानकारी दिए।
शाहले राजनीतिलाई पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार निर्माण गर्नुपर्ने धारणा राख्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न सांसदहरूलाई आग्रह गरेका थिए।































































