चितवन- नेपाली कांग्रेस चितवनले आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।


ADVERTISEMENT


शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस चितवनले जिल्लाका ९८ वटै वडामा हुने अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिएको हो। कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलका अनुसार वडा अधिवेशनमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुनेछन्।


ADVERTISEMENT

# # #


उनले वडा कार्यसमितिमा युवा तथा महिला प्रतिनिधित्व सुनिश्चित गरिएको पनि बताएका छन्।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका ९८ वडामध्ये सम्बन्धित वडाको अनुकूलता अनुसार असोज ३ वा ४ गते वडा अधिवेशन सम्पन्न गरिने जानकारी दिएका छन्। विगतका कमी–कमजोरी सच्याउँदै नयाँ सोचका साथ सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ।

वडा अधिवेशनबाट जिल्लाभर ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। २७ हजार ५ सय क्रियाशील सदस्य रहेको चितवनमा असोज १० गतेभित्र सबै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने कांग्रेस चितवनले जनाएको छ।