काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा बाढीपछि अझै पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।


ADVERTISEMENT


शुक्रबार सानेपामा आयोजित ‘ग्रीन टेबल’ कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको काम सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनर्स्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए।


ADVERTISEMENT

# # #


उनले विपद् व्यवस्थापन तथा पुनर्निर्माणका काममा सरकारलाई नेपाली कांग्रेसका तर्फबाट ‘बिनाशर्त’ पूर्ण साथ, सहयोग र सहकार्य रहने स्पष्ट पारेका छन्। संसद् तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउँदै आएको बताएका छन्।

सभापति थापाले जलवायु परिवर्तनलाई वन तथा वातावरण मन्त्रालयको मात्रै जिम्मेवारीका रूपमा सीमित गरेर हेर्न नहुने धारणा राखेका छन्। राष्ट्रिय सुरक्षा र कूटनीतिलाई अलग–अलग विषयका रूपमा राखेर जलवायु परिवर्तनबारे छलफल गर्ने सुविधा अब नेपालसँग नरहेको उनको भनाई छ।

राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय हितका विषयमा छलफल गर्दा तथ्य र प्रमाणका आधारमा जलवायु परिवर्तनलाई केन्द्रमा राख्नुपर्ने थापाले बताएका छन् । केही महिनापछि विपद्को विषय सबैले बिर्सन सक्ने भन्दै त्यसबेला संसद्मा उभिएर सरकारलाई सम्झाउने र खबरदारी गर्ने काम प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर गर्ने उनले स्पष्ट पारेका छन्।