काठमाडौं- यामाहा नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘यामाहा ब्लु फेस्ट’ पुनः आयोजना गर्ने भएको छ । यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा हुने ब्लु फेस्ट असोज ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।


ADVERTISEMENT


यस वर्षको कार्यक्रमलाई ‘बिगेस्ट एक्सचेन्ज मेला’ का रूपमा प्रस्तुत गरिएको छ । मेलामार्फत ग्राहकलाई पुरानो दुईपांग्रे सवारीसाधन साटेर यामाहाका नयाँ तथा अत्याधुनिक प्रविधियुक्त मोटरसाइकल र स्कुटर खरिद गर्न सहज बनाउने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


छ दिनसम्म सञ्चालन हुने फेस्टमा यामाहाका विभिन्न नयाँ तथा अपग्रेड गरिएका मोटरसाइकल र स्कुटरलाई नजिकबाट अवलोकन तथा परीक्षण गर्ने अवसर उपलब्ध हुनेछ । साथै, पुराना सवारीसाधनलाई नयाँमा परिवर्तन गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘चंगा चेत’ अभियान समेत सञ्चालन गरिनेछ ।

ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन मेलास्थलमै ल्याएर तत्काल मूल्यांकन गराउन सक्नेछन् । त्यसका लागि ५० भन्दा बढी तालिमप्राप्त मूल्यांकनकर्ता परिचालन गरिने कम्पनीले जनाएको छ । एक्सचेन्जअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् ।

यामाहाले ग्राहकका लागि नागरिकताको आधारमा अन-द-स्पट फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ । साथै, अधिकतम ४० महिनासम्मको कम ईएमआई योजना समेत उपलब्ध हुनेछ । फेस्टिभल अवधिमा विभिन्न गतिविधिमार्फत ग्राहकले अत्याधुनिक ग्याजेट जित्ने अवसर पनि पाउनेछन् ।

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लु फेस्टले नेपाली राइडरलाई यामाहाको विश्वस्तरीय प्रविधि र कार्यसम्पादनसँग नजिक ल्याउने बताउनुभयो । उहाँले यसपटकको संस्करणमा पुरानो सवारीसाधनबाट नयाँ यामाहामा जाने प्रक्रिया अझ सहज र लाभदायी बनाउने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

खरिद तथा एक्सचेन्जबाहेक फेस्टमा स्टन्ट शो, टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट र कोस्प्ले कलाकारको प्रस्तुति समेत हुनेछन् । त्यस्तै, विभिन्न डोर प्राइज र निःशुल्क एसेसरिज वितरणको व्यवस्था पनि गरिएको छ ।

यामाहा नेपालको ब्लु फेस्ट पछिल्ला वर्षमा नेपालका दुईपांग्रे सवारीसाधनका पारखीमाझ लोकप्रिय कार्यक्रमका रूपमा स्थापित हुँदै आएको कम्पनीले जनाएको छ । यस वर्ष पनि ठूलो संख्यामा दर्शक तथा ग्राहक सहभागी हुने अपेक्षा गरिएको छ ।

इच्छुक ग्राहकले मेलास्थलमा प्रत्यक्ष पुगेर जानकारी लिन सक्नेछन् । थप जानकारीका लागि यामाहा नेपालका एनटीसी नम्बर १६६००१११०४४ वा एनसेल नम्बर ९८०१३४५२४३ मा सम्पर्क गर्न सकिनेछ । डिलरशिपसम्बन्धी जानकारीका लागि ९८०१०१७३०० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।