काठमाडौं- नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


ग्राहकलाई नयाँ होन्डा गाडी खरिद गर्न आर्थिक रूपमा सहज बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य गरिएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकले होन्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सहज सवारी कर्जा उपलब्ध गराउनेछ ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार आवश्यक सम्पूर्ण कागजात बुझाएको अवस्थामा ग्राहकको कर्जा प्रक्रिया ६ कार्यदिनभित्र पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । यसले नयाँ होन्डा गाडी खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्रक्रियामा थप सहजता र छिटो सेवा प्राप्त हुने अपेक्षा गरिएको छ ।

यो सवारी कर्जा सुविधा होन्डाका लोकप्रिय मोडलहरू होन्डा सीआर–भी, सिटी इ:एचईभी, फिफ्थ जेनेरेसन सिटी र एलिभेट लगायतका गाडी खरिद गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ ।

सम्झौतापत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर अमित के.सी. र हेड–मोर्टगेज बैंकिङ एन्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होन्डा कार) का प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गर्नुभएको छ ।

दुवै संस्थाले उक्त सहकार्यबाट ग्राहकलाई नयाँ होन्डा कार खरिद गर्ने प्रक्रिया थप सरल, सहज र छिटो हुने विश्वास व्यक्त गरेका छन् । साथै, सहुलियतपूर्ण कर्जा सुविधाले ग्राहकको नयाँ होन्डा कार चढ्ने चाहनालाई सहज रूपमा पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।