काठमाडौ – बासबारीस्थित न्युरो अस्पतालका संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको छ ।


ADVERTISEMENT


डा. उपेन्द्र देवकोटाको नाम थपेर अस्पतालको नयाँ नामाकरण गरिएको हो । अस्पतालको नाम अब ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भएको छ ।


ADVERTISEMENT

# # #


यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो ।

बुधवार कम्पनी रजिष्टारको कार्यालयले दर्ता प्रमाणपत्र दिएको अस्पतालका इन्जिनियर बसन्त देवकोटाले बताए । ‘डा देवकोटा हुँदै अस्पतालको नाम परिवर्तन गर्ने निर्णय भएको थियो, त्यसै अनुसार प्रक्रिया अघि बढेको हो,’ देवकोटाले भने ।

नाम परिवर्तनका अन्य कागजी प्रक्रियाहरु बाँकी छ ।

नेपालकै जेठो अस्पताल वीर अस्पतालमा न्युरोलोजी विभाग स्थापना गर्नं महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा बासबाँरीस्थित न्युरो अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा डा. उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्री अध्यक्ष थिए ।

डा. देवकोटाको असार ४ गते निधन भएपश्चात्त डा. मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा अस्पताल सञ्चालन हुनेछ ।