काठमाडौँ– क्रिकेटको ‘मक्का’ मानिने इङल्याण्डको लर्डस् मैदानमा जारी टि–२० त्रिकोणात्मक सिरिजमा नेपालले मेरिलेवन क्रिकेट क्लब (एमसीसी)लाई ९ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा ब्याटिङ थालेको एमसीसीले पूरै ओभर खेलेर ४ विकेट गुमाउँदै ४० रन बनाएको थियो । ४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले १ विकेटको क्षतीमा ४.४ ओभरमै लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि एमसीसीका लागि कप्तान माहेला जय बर्दनेले २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता नेपालका लागि सोमपाल कामीले २ विकेट लिए । यस्तै शक्ति गौचनले १ विकेट लिँदा वसन्त रेग्मीले जमोमथा ट्रोटलाई रन आउट गरे । यसअघिको पहिलो खेलमा नेदरल्याण्डले एमसीसीलाई १० रनले पराजित गरेको थियो ।

यता नेपालका लागि सुवास खकुरेलले १६ रन बनाएर नट आउट रहे । उनले १५ बलमा २ चौका प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्लले ४ बलमा नै १२ रन बनाए । नटआउट रहेका ज्ञानेन्द्रले एक चौका र एक छक्का प्रहार गरे । यस्तै अनिल कुमार शाह ९ बलमा ९ रन बनाउँदा २ चौका प्रहार गरी आउट भए ।

एमसीसीका लागि डिनायल डौथवेथले एक विकेट लिए ।

नेपाल, एमसीसी र नेदरल्याण्डबीच यो सिरिजको अन्तिम खेल नेपाल र नेदरल्याण्डबीच हुँदैछ । जुन २० ओभरकै हुनेछ ।

यसअघि नेपालले सन् २०१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा भएको अवसरमा यही मैदानमा पहिलो पटक सेतो जर्सीमा एकदिवसीय खेल खेल्ने मौका पाएको थियो । जुन खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।