काठमाडौँ– अनलाइन पेमेन्ट सेवा प्रदान गर्दै आएको नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’ र नेपाल वायूसेवा निगमबीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ ।


ADVERTISEMENT


एक कार्यक्रमकाबीच इ-सेवाका तर्फबाट सीओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता अनुसार इसेवाबाट वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै इ-सेवाका सिओओ लामिछानेले यस सम्झौतासंगै आन्तरिक तथा बाह्य यात्रुका लागि टिकट लिनका लागि इसेवाले अझ सहज बनाएको बताए । नयाँ दुई वाइडबडी जहाज भर्खरै मात्र नेपाल भित्र्याएको नेपाल वायुसेवाको बजार प्रवद्र्धनका लागि अनलाइन टिकटिङले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

इ-सेवाले यस अघिपनि बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइइन्ससंग सम्झौता गरिसकेको छ ।

नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त इ-सेवा नेपालको पहिलो पेमेन्ट गेटवे हो । इ-सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

४६ वटा बैंकले अहिले इ-सेवासंग सहकार्य गरिरहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इ-सेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । इ-सेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत टिकट खरिद गर्न सकिनेछ ।