काठमाडौं – कक्षा १२ को परीक्षाफल भोलि आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


ADVERTISEMENT


बोर्डले नतिजा प्रकाशनको सबै तयारी लगभग सकेको बताउँदै यसवर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ सिस्टममा प्रकाशित गर्न लागिएको समेत जनाएको छ । यसअघि कक्षा ११ को नतिजा ग्रेडिङ सिस्टममा प्रकाशित भइसकेको छ ।


ADVERTISEMENT

# # #


बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गर्ने तयारी रहेको छ । यसअघि पहिलो चरणमा विज्ञान संकायको मात्र नतिजा सार्वजनिक गर्ने गरिएकोमा यसवर्षदेखि सबै संकायको एकैचोटि सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो ।

गत बैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।