बझाङ– छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो ।


ADVERTISEMENT


सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् ।


ADVERTISEMENT

# # #


तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

‘छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँ’, तिलकले भने, ‘त्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ ।’

तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् । – आजको कान्तिपुरबाट