एजेन्सी, लण्डन– बेलायतको लण्डन टावरमा आगलागी भएको छ । उक्त आगलागी नेपाली समयअनुसार बुधबार बिहान लागेको हो । लन्डनको समयअनुसार भने राति आगलागि भएको हो ।
आगलागी भएको भवन २४ तला रहेको उक्त विल्डिङमा १ सय २० फ्ल्याट रहेको बीबीसीले जनाएको छ । । अहिलेपनि आगलागी नियन्त्रणमा आउनसकेको छैन । भवनको आगो निभाउनका लागि दमकलहरु लागी परेका छन् ।
टावरमा लागेको आगो निभाउँदै दमकल तस्बिर :सीएनएन
आगलागीबाट कति मानवीय क्षति भयो भन्ने बारेमा हालसम्म एकिन जानकारी नआएपनि ३० जना घाइतेलाई अस्पताल लगिएको वीवीसीले जनाएको छ ।