बागलुङ– बागलुङमा आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि फ्युचर स्पोर्टस् क्लबले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा मङ्गलबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफलाई दुई गोलका विरुद्ध तीन गोल गर्दै फ्युचरले उपाधि हात पारेको हो ।


ADVERTISEMENT


लिग विजेता फ्युचरले नगद रु ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता चिल्ड्रेन लाइफले नगद रु २५ हजारसहित ट्रफी हात पारेको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा चिल्ड्रेन लाइफका दिलीप जिसीले उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु दुई हजार पुरस्कार प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


यस्तै, उत्कृष्ट गोलकिपरमा पनि सोही टोलीकै सुनिल थापा, उत्कृष्ट डिफेन्डरमा पावर फिटनेस क्लबका क्षितिज आचार्य, उत्कृष्ट मिड फिल्डरमा रुद्रेपिपल युवा क्लबका युकेश थापा र उत्कृष्ट स्ट्राइकरमा चिल्ड्रेन लाइफमा दिलीप जिसी र उच्च गोलकर्तामा चिल्ड्रेन लाइफका दिवस बुढाथोकी घोषित हुँदै सबैले नगद रु एक÷एक हजार पुरस्कार पाएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा आठ टोली सहभागी भएको सङ्घका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।