काठमाडौँ– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पूर्व कप्तान सचिन तेन्दुल्करलाई पछि पार्दै एक दिवसीय अन्तराष्ट्रिय खेलमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।
भारतमा जारी वेष्ट इन्डिजसंगको एक दिवसीय खेलमा बुधबार उनले यस्तो इतिहास रचेका हुन् । एक दिवसीय खेलमा उनले भारतकै पूर्वकप्तान सचिन तेन्दुल्करभन्दा ५४ इनिङ छिटो १० हजार रन पूरा गरे ।
सचिनले २५९ खेलमा १० हजार रन पूरा गरेका थिए । तर, एक दिवसीयमा अहिले नम्बर एक ब्याट्समेन रहेका विराटले भने २०५ खेलमै त्यो लक्ष्य भेट्टाए । त्यसका लागि उनले १०६ वटा छक्का र ९४१ चौका प्रहार गरेका छन् ।
साथै उनले आज आफ्नो ३७ औँ शतक प्रहार गरेका छन् । उनले १०६ बलमा १० चौका प्रहार गर्दै ३७ औँ शतक पूरा गरे । ५८.६९ को एभरेजमा रन हान्ने कोहलीको १८३ उच्च एकदिवसीय रन रहेको छ । जुन उनले पाकिस्तान विरुद्ध सन् २०१२ मा बंगलादेशमा भएको एशिया कपमा प्रहार गरेका थिए ।
10,000 ODI RUNS! 🙌@imvKohli reaches the milestone in his 205th ODI innings – 54 innings quicker than @sachin_rt. Simply outstanding! 👏
The greatest ODI batsman of all time? #INDvWI pic.twitter.com/Px7L3EIoLa
— ICC (@ICC) October 24, 2018