काठमाडौँ– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पूर्व कप्तान सचिन तेन्दुल्करलाई पछि पार्दै एक दिवसीय अन्तराष्ट्रिय खेलमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।


ADVERTISEMENT


भारतमा जारी वेष्ट इन्डिजसंगको एक दिवसीय खेलमा बुधबार उनले यस्तो इतिहास रचेका हुन् । एक दिवसीय खेलमा उनले भारतकै पूर्वकप्तान सचिन तेन्दुल्करभन्दा ५४ इनिङ छिटो १० हजार रन पूरा गरे ।


ADVERTISEMENT

# # #


सचिनले २५९ खेलमा १० हजार रन पूरा गरेका थिए । तर, एक दिवसीयमा अहिले नम्बर एक ब्याट्समेन रहेका विराटले भने २०५ खेलमै त्यो लक्ष्य भेट्टाए । त्यसका लागि उनले १०६ वटा छक्का र ९४१ चौका प्रहार गरेका छन् ।

साथै उनले आज आफ्नो ३७ औँ शतक प्रहार गरेका छन् । उनले १०६ बलमा १० चौका प्रहार गर्दै ३७ औँ शतक पूरा गरे । ५८.६९ को एभरेजमा रन हान्ने कोहलीको १८३ उच्च एकदिवसीय रन रहेको छ । जुन उनले पाकिस्तान विरुद्ध सन् २०१२ मा बंगलादेशमा भएको एशिया कपमा प्रहार गरेका थिए ।