बारा– ईलाका प्रहरी कार्यालय निजगढ बाराले अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा २२ जना जुवाडेलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो साढे ३ बजे निजगढ नगरपालिका वडा नम्बर १ सिंगोल स्थित आकाश घ्याबाको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


जुवा खेलीरहेको विशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम लामा बताए । उक्त जुवाको खालबाट नगद २ लाख ३० हजार, १६ थान कौडा सहित पक्राउ गरिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेहरुमा बिरगंज महानगरपालिका वडा नम्बर–१ का २५ वर्षीय संजय राउत कुर्मी, वडा नम्बर–१० का ३५ वर्षीय राजेश प्रसाद कलवार, वडा नम्बर–१३ का ४० वर्षीय राजु साह, मकवानपुर बकैया गाँउपालिका वडा नम्बर– १ का २९ वर्षीय टोनिजा घिसिङ, गोर्खा आरुचनौटे गाँउपालिका वडा नम्बर–३ का ४४ वर्षीय मोहन प्रसाद शर्मा, गढीमाई नगरपालिका वडा नम्बर–५ का ३१ वर्षी सिकिन्द्र सहनी र सिमरा उपमहानगरपालिका वडा नम्बर–७ का ४४ वर्षीय हरदेव साह पक्राउ परेका छन् ।

त्यस्तै बारा जिल्लको निजगढ नगरपालिका वडा नम्बर–३ का ३३ वर्षीय विजय योन्जन, ३३ वर्षीय दिनेश लामा, ४२ वर्षीइ उज्वल थापा, ३२ वर्षीय ज्ञान लामा, र २९ वर्षीय युवराज तामाङ, वडा नम्बर–७ का ४२ वर्षी चुनुलाल श्रेष्ठ, ३७ वर्षीय शंकर रुम्बा र ३८ वर्षीय रवी तामाङ, वडा नम्बर–८ का ३५ वर्षीय विजय लामा, वडा नम्बर–११ का ३१ वर्षीय राम कुमार लामा, वडा नम्बर–९ का ४१ वर्षीय राजिव थापा, वडा नम्बर–१ का २६ वर्षीय आकाश घ्याबा, १९ वर्षीय एल्विन तामाङ, ३३ वर्षीय लक्ष्मण चौधरी र १८ वर्षीय आकाश चौधरी रहेका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय बाराबाट प्रहरी हिरासतमा राख्न १० दिन को म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।