काठमाडौं– महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको राजधानीका खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ ।


ADVERTISEMENT


धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण राजधानीम दुर्घटना बढेपछि आलोचना खेप्दै आएको कामपाले मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा बनेको सडकको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको जनाएको हो ।


ADVERTISEMENT

# # #


कामपाले गएको भदौ लगत्तै ३२ वटै वडामा परेका खाल्डाखुल्डी पुर्न थालेको थियो । कामपा शहरी पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले मंसिर अन्त्य सम्ममा कामपाको स्वामित्वमा रहेको सबै सडकको खाल्डाखुल्डी पुरी सक्ने जानकारी दिएका छन् ।

उनले भने –महानगर क्षेत्रमा कामपाको स्वामित्वमा एक हजार किलोमिटर सडक रहेका छन् । – आजको नेपाल समाचारपत्रबाट