चितवन– राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडक खण्डको जोखिम मोल्नुपर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिदैन । जसका कारण घन्टौँ सडकमा खतरा बेहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनुपरेको छ ।


ADVERTISEMENT


धादिङको सीमा मौवाखोलादेखि दासढुङ्गासम्म त्रिशूलीको किनारमा गएको चालु आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन् । जसबाट ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना त्रिशूली नदीमा बेपत्ता छन् । यतिमात्रै होइन, बाँच्नेले पनि २० घन्टासम्म खतरा मोलेरै भोकभोकै सडकमा बस्नुपरेको छ । यो जोखिमबाट बच्नका लागि केही लामो यात्रा गरे पुग्छ ।


ADVERTISEMENT

# # #


नारायणगढबाट मुग्लिनसम्मको दुरी ३६ किलोमिटर हो । सामान्य अवस्थामा यो दुरी पार गर्न एक घन्टाको समय लाग्ने गर्दछ । तर पहिरोका कारण सडक अवरुद्ध हुँदा २० घन्टासम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था यहाँ सिर्जना हुने गरेको छ । पश्चिम नेपालबाट काठमाडौँ जानआउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङजा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जानसक्ने नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

बुटवलबाट पोखरा सिदार्थ राजपथ पर्दछ भने पोखराबाट मुग्लिन पृथ्वी राजमार्ग हो । बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दुरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दुरी २३३ किलोमिटर पर्दछ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उनको सुझाव छ । करिब एक घन्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ ।

त्यसैगरी पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दुरी पर्दछ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दुरीपर्ने खनालले बताए।

यो दुरी ४१ किलोमिटर मात्रै बढी हो । जुन एक घन्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटर मात्रै पर्दछ । हेटौँडा– नारायणगढ– मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्दछ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दुरी कम हुन्छ ।

नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्दछ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडक खण्डमा बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्त बताउँछन् । साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्ने काम भइरहेको उनले बताए । यसोगर्दा ओभरटेकको समस्या कम हुने र जोखिम मोल्न पनि नपर्ने उनले बताए । रोकिने