काठमाडौं । आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रुपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का बेहोरेको छ।


ADVERTISEMENT


राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निरासाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ।


ADVERTISEMENT

# # #


यी पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा भाजपाकै सरकार थियो। यी तीनै राज्यमा उसले नमिठो हार बेहोरेको छ।

पाँच वर्षअघि २३० मध्ये एक १६५ सिट जितेको भाजपा यस पटक भने १०९ सिटमा झरेको छ।