काठमाडौं । नेपाल -भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन।


ADVERTISEMENT


प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन नदिएका  हुन् ।


ADVERTISEMENT

# # #


१९५० को नेपाल -भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ।

डोभालको असहमतिपछि इपिजी प्रतिवेदन अलपत्र परेको छ।

प्रतिवेदनको अन्तरवस्तु नेपालको हितमा र भारतको अहितमा रहेको भारतीय संस्थापन पक्षको विश्लेषण छ।