काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् । केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन् ।
आफ्नो माग पूरा गर्न मंगलबारसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगिसकेको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिएका छन् ।
१६ औ सत्याग्रहको लागि डा गोबिन्द केसीले दिनुभयको अल्टिमेटमको आज अन्तिम दिन भयकाले डा केसी सत्याग्रहको तयारीको लागि पुर्बी नेपालको इलाम पुगिसक्नुभयको छ र यसपालिको लडाइँ इलामबाट लडने हुनुभयको छ।
आशा छ सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ! pic.twitter.com/nfnFgZMKpX— Abhishek Raj Singh (@seeuabhishek) January 1, 2019
चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले गत मंसिर १० गते सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका थिए । फेरि पुस २ गते उनले थप दुई साताको म्याद दिएका थिए ।
यस्ता छन् डा केसीका माग
१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएका सम्झौता तत्काल कार्यन्वयन गर्नुपर्ने ।
(क) सम्झौता बमोजिक अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।
(ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचपुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि.का पदाधिकारी लगाएतका ब्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्त लगाएतका कार्बाही गर्नुपर्ने । त्रि.वि. पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गर्नुपर्ने ।
(ग)सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अबिलम्ब एमबीबीएस भर्ना सुरु गर्न व्यवस्था गर्नुपर्ने ।
२. निर्मला पन्तको कलात्कार र हत्यामा संलग्न ब्यक्तिहरुलदाई तत्काल पक्राउ गरी मुद्धा चलदाउनुपर्ने । यसका साथै प्रमाण लोप गर्ने, झठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न आउने ब्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने ब्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्धा चलाउनुपर्ने ।
३. नेपाल सरकारको निर्णयलाई उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न ।