काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् । केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन् ।


ADVERTISEMENT


आफ्नो माग पूरा गर्न मंगलबारसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगिसकेको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले गत मंसिर १० गते सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका थिए । फेरि पुस २ गते उनले थप दुई साताको म्याद दिएका थिए ।

यस्ता छन् डा केसीका माग

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएका सम्झौता तत्काल कार्यन्वयन गर्नुपर्ने ।

(क) सम्झौता बमोजिक अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।

(ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचपुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि.का पदाधिकारी लगाएतका ब्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्त लगाएतका कार्बाही गर्नुपर्ने । त्रि.वि. पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गर्नुपर्ने ।

(ग)सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अबिलम्ब एमबीबीएस भर्ना सुरु गर्न व्यवस्था गर्नुपर्ने ।

२. निर्मला पन्तको कलात्कार र हत्यामा संलग्न ब्यक्तिहरुलदाई तत्काल पक्राउ गरी मुद्धा चलदाउनुपर्ने । यसका साथै प्रमाण लोप गर्ने, झठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न आउने ब्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने ब्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्धा चलाउनुपर्ने ।

३. नेपाल सरकारको निर्णयलाई उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न ।