काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्डर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विद्येयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री पोखरेलले विद्येयकले सबै विषयलाई समेटेको दाबी गरे । डा केसीसंग विगतमा भएका सहमति कार्यान्वयन गर्ने भनिसकेपछि पनि अनसन बस्नु गलत भएको भन्दै उनले संसदको सर्वोच्चताको पनि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यही बेलामा अनशनको बाटो किन पक्रिनुभयो ? अचम्म लागेको छ । म अनुरोध गर्न चाहन्छु जनप्रतिनिधि संस्थाको सर्वोच्चतालाई ध्यान दिँदै र सम्मान गर्दै उहाँले अनशन फिर्ता लिईदिनुपर्छ ।’


ADVERTISEMENT

# # #


उनले डाक्टर केसीले अनशन फिर्ता लिएपछि नै केसीको गरिमा बढ्ने दाबी गरे । उनले चिकित्सा शिक्षा विद्येयक पारितलाई सर्वाधिक ठूलो उपलब्धिको रुपमा चित्रण गरे । उनले विद्येयक संसदबाट विधि र प्रक्रियाको आधारमा पारित भैसकेकोले यसबारेमा अन्य ढंगले यसको विरोध गर्न नहुने धारणा राखे ।

उनले नेपालकै ईतिहासमा अहिलेसम्म गरिएका सहमति र सम्झौताको मूल मर्मलाई पक्रिएर यो विद्येयक बनेको दाबी गरे । चिकित्सा शिक्षाका मुद्दामा आफूले पनि साथ दिएको भन्दै मन्त्री पोखरेलले भने, ‘उहाँका चिकित्सा शिक्षाका मागमा हाम्रो पनि साथ थियो । तर, अहिले आईपुग्दा उहाँ अरु राजनीतिक मुद्दापनि लिएर आउनुभएको छ । अचम्म लाग्यो–किन यो ढंगले पेश हुनुभयो ? उहाँले आफ्ना वक्तव्यमा जुन किसिमको भाषा प्रयोग गर्नुहुन्छ, त्यसले समझदारी बनाउँदैन् । बरु, द्वन्द्व चर्काउने काम गर्छ ।’

उनले अहिलेपनि डाक्टर केसीलाई सल्लाह दिनेहरुलाई अलिक राम्रो बुद्धि, राम्रो शतप्रयास र राम्रा सुझाव दिन अनुरोध पनि गरे । मन्त्री पोखरेलले डा।केसीको स्वास्थ्यबारे सरकार चिन्तित रहेको उल्लेख गरे । ०६९ सालदेखि चिकित्सा शिक्षा क्षेत्रमा आवाजहरु उठ्दै आएकोमा सक्रमणकालमा विकृति विसंगति पनि धेरै खालका आएको तर, त्यसलाई अहिलेको विधेयकले समेट्ने उनले स्पष्ट पारे ।